Global TV HD: Interview on Takshashila with Prakash Giri

Premiered on Jan 21, 2026 यो अन्तर्वार्तामा सूर्यप्रसाद श्रेष्ठ ले नेपालको निर्वाचन प्रणाली, संसदीय लोकतन्त्र, राजनीतिक अस्थिरता तथा समकालीन राजनीतिक प्रवृत्तिबारे विस्तृत धारणा राख्नुभएको छ । उहाँले चुनाव निश्चित रूपमा हुने विश्वास व्यक्त गर्दै वर्तमान संविधान जनताको ठूलो संघर्षबाट प्राप्त उपलब्धि भएकाले यसलाई सजिलै कमजोर बनाउन नहुने बताउनुभएको छ । 


प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीभन्दा संसदीय लोकतन्त्र नै नेपालका लागि उपयुक्त रहेको तर्क गर्दै उहाँले व्यक्तिगत महत्वाकांक्षा, दल विभाजन, अस्थिर सरकार, भीडतन्त्र, सामाजिक सञ्जालको प्रभाव तथा लोकतान्त्रिक संस्थामाथिको आक्रमणप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै युवापुस्ता, वैदेशिक रोजगारी, शिक्षा, राजनीतिक चेतना र सञ्चारमाध्यमको भूमिकाबारे पनि उहाँले गम्भीर विश्लेषण गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय सम्प्रभुताको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
Share:
Let's safeguard our Democracy together

Featured Post

नेपालको लोकतन्त्र विचार र सिद्धान्तनिष्ठ संघर्ष, त्याग र बलिदानीबाट आएको हो

सहिद दिवस का सन्दर्भमा नेपालको लोकतान्त्रिक यात्राको स्मरण पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठज्यूका विचारहरूको आधारमा भीमप्रसा...

Thanks For Visiting

Send Me a Message